Rule 13
विज्ञापन प्रसारण गर्न समय उपलब्ध गराउन सकिने
१३. विज्ञापन प्रसारण गर्न समय उपलब्ध गराउन सकिनेः
कसैले ऐनको दफा १४ बमोजिम कुनै विज्ञापन प्रसारण गर्न चाहेमा त्यस्तो व्यक्ति, संस्था वा निकायबाट लिइने विज्ञापन दस्तुर सो विज्ञापन प्रसारण गर्न समय उपलब्ध गराउने प्रसारण संस्था वा व्यक्तिको उक्त विज्ञापन प्रसारण गर्दा खास हुन जाने खर्च र सार्क मुलुकका प्रसारण संस्थाहरूले लिने विज्ञापन दस्तुर समेतलाई आधार मानी मन्त्रालयले तोकिदिए बमोजिम हुनेछ ।